१ कार्तिक २०८३, आइतबार | October 18, 2026

प्रदेश-२ मा आज महिलालाई सार्वजनिक बिदा



विरगन्ज । आज जितिया पर्व । भगवान् जितबाहनको पूजाआजा गर्दै मनाइने एउटा विशेष पर्व हो जितिया । यस दिन महिलाहरू निर्जला अर्थात् पानीसमेत नपिई व्रत बस्छन् ।

विशेषगरी नेपालको तराई क्षेत्रका महिलाहरूले यो पर्व मनाउने गर्छन् । प्रत्येक वर्ष आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन जितिया पर्व मनाइन्छ ।

जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले आज बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरिएको छ ।

भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन जितिया पर्व मनाउने परंपरा भए पनि यसको आरम्भ भने षष्ठी तिथिबाटै हुन्छ । यस पर्वलाई जिउतिया, जितिया, जीवित्पुत्रिका, जिमुतवाहन नामले पनि चिनिन्छ । नेपालमा मात्र नभई यो पर्व भारतमा समेत निकै धुमधामका साथ मनाइने गरिन्छ ।

विशेषगरी विवाहित महिलाहरूले यो व्रत बस्ने परंपरा भए पनि अहिले अविवाहित महिलाले पनि व्रत बस्ने गरेका पाइन्छ । विवाहित महिलाहरू आफ्ना सन्तानको लामो आयुका लागि व्रत बस्ने गर्छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : ४१ बजे

यसवर्षको कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान कार्यक्रम नहुने

ललितपुर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १,२०० भन्दा बढी पक्राउ

काठमाडौं। फ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

बुटवल । लुम्बिनी विकास कोषमा लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । नवरात्रको आठौँ दिन आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौं । बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर