काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको छ, जो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो। आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार एकैदिन तोलामा चार हजार…