अर्घाखाँची । पहिरोमा पुरिएर अर्घाखाँचीको पाणिनी गाउँपालिका-५ मैदानमा एक जनाको मृत्यु भएको छ । पाणिनी-६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनारको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा माथिबाट आएको पहिरोमा उनी पुरिएका थिए । स्थानीय बासिन्दाका अनुसार…