१६ भदौ २०८३, मंगलबार | September 1, 2026

एमसीसीबारे अन्तिम निर्णय गर्न खुमलटारमा माओवादी बैठक जारी



काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसिरहेको बैठकमा एमसीसीबारे ब्याख्यात्मक प्रस्ताव पारित गर्ने विषयमा छलफल भैरहेको छ । गठबन्धन भत्किने अवस्था पुगेपछि यसअघि बसेको माओवादी शीर्ष नेताहरुको बैठकले अन्तिम प्रयत्न गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार शुक्रबार र शनिबार कांग्रेससँग निरन्तर सम्वाद गरेका अध्यक्ष प्रचण्डले एमसीसीलाई पारित गर्ने र गठबन्धन पनि जोगाउने उपाय खोजेका थिए ।

एमसीसी पारित गर्नुअघि नेपालले राख्दै आएका चासोलाई सम्बोधन गर्नेगरी व्याख्या गरेर पुरक प्रस्ताव पारित गर्ने सहमति भएको थियो । यस प्रस्तावामा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि सहमति भएका थिए । तर, त्यसअघि माओवादीले र एकीकृत समाजवादीले पार्टीबाट निर्णय गर्नुपर्ने अडान प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका नेताहरुले राखेका थिए ।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजे बस्दैछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ५० बजे

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

गुल्मी । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको

डीएनए परीक्षण उपकरण र हेभी ड्रोनसहित चिनियाँ सैन्य कार्गो विमान नेपालमा

काठमाडौं । चीनले बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा