२५ चैत्र २०८२, बुधबार | April 8, 2026

गुणस्तरीय दुध नहुँदा जुजु धौँ बनाउन समस्या, दशैँमा माग भने दोब्बर

भक्तपुर । छरिएका भुस । त्यसमाथि राखिएका भेट अर्थात् दही जमाउने माटाका भाँडा । त्यही भाँडामा दही जमाउँदै छिन् लक्ष्मी सैँजु । लामो समयदेखि दही बनाउँदै आएकी सैँजुको दैनिकी सोही काममा व्यतित हुन्छ । हरेक दिन बिहान ६ बजेदेखि नै दही बनाउन सुरु गर्ने उनी साँझसम्म पनि त्यसैमा व्यस्त हुन्छिन् । 'हामी अर्डर अनुसार दही…