१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवलको वास्तविक पुरानो नाम बुद्धावली की बुटवली ? कसरी बन्यो बटौली हुँदै बुटवल ?



बुटवल । इतिहासकार तथा बुटवलका पूर्व उपमेयर विमल बहादुर शाक्यले ऐतिहासिक बुटवलको एकिकृत इतिहास नलेखिएकोमा दुःख प्रकट गरेका छन् । मिडीया गफ सामाजिक सञ्जालले शुक्रबार गरेको अन्तरक्रियामा बोल्दै इतिहासकार शाक्यले बुटवलको इतिहासका बारेमा फरक फरक धारणाहरु सार्वजनिक हुँदा अन्वेषकहरुलाई भ्रम पर्न गएको बताए ।

उनले पाल्पा राज्यका राजा मुकुन्दसेनले १८८५ मा रेग्मीलाई लेखेको पत्रमा बुटवली उल्लेख भएको भएपनि बुटवलको बिषयमा फरक फरक किम्बदन्ती सुनाइने गरेको बताए । बुद्ध धर्मको प्रचारका क्रममा बुटवल क्षेत्रमा कोलिय राज्य र शाक्य वंशको राज्य रहेको भेटिएको उल्लेख गर्दै सेन राजाहरुले बुद्धभूमिकै अर्थमा बुद्धवली शब्दलाई अपभ्रंस भएर बुटवली सम्बोधन गरेको हुन सक्ने बताए । तत्कालिन अवस्थामा बुटवललाई बुटवली, बुटवलि, बुद्धावली जस्ता नामबाट चिनेने गरेको समेत शाक्यले बताए । आधिकारीक तथ्यांक र धारणा बनिनसकेकोले अहिले पनि बुटवलको यथार्थ इतिहास नकोरिएको शाक्यको गुनासो छ ।

इतिहासकार शाक्यले नेपाल एकिकरणको पहिलो सुरुवात सेनवंशबाट भएको दाबी गर्दै त्यसपछि मात्र राज्य विस्तारको नाममा पृथ्वीनारायण शाहले एकिकरणको सुरुवात गरेको बताए । शाक्यका अनुसार सेन बंशले राज्य गर्दा सुरुवात गरिएको राज्य बिस्तार अन्तर्गत बुटवल राज्यमा प्रशासककारुपमा बिनायक सेनलाई जिम्मा दिइएकाले बुटवल राज्यको पहिलो राजा बिनायक सेन भएको इतिहासमा भेटिन्छ । पछि पाल्पाका राजाबाट सन्तान नभएपछि बुटवल र पाल्पा राज्यलाई संयुक्त प्रशासकिय मुकाम बनाएर तानसेनमा सदरमुकाम सारिएको समेत शाक्यले बताए ।

विशाल नेपालमा बुटवलको ऐतिहासिक भूमिका रहेको भन्दै पृथ्वी नारायण शाहका बुवा नरभुपाल शाहकी माईली महारानी कौशल्यावतीबाट जन्मेका शाहले नेपालको एकिकरण गरेका कारण पनि बुटवलको राष्ट्रिय एकतामा ठुलो योगदान रहेको शाक्यले बताए ।

नेपालका धेरै शहर र बजारहरु राजा महाराजाहरुले जबर्जस्ती बसालेको भएपनि बुटवल नागरिकस्तरबाट आफै व्यापार गर्ने हिसावले बसेको शहर भएकाले पनि बुटवलको स्वतन्त्र अस्तित्व रहेको शाक्यको भनाई छ । मानव बसाइको हिसावले बुटवलका सुरुवाती बासिन्दाकारुपमा कशौधनहरुलाई लिन सकिने तर्क गर्दै उनले व्यापारिक मुकाम भएकाले बुटवलमा काठमाडौ र पाल्पाका नेवारहरु पनि सुरुवाती बासिन्दा भएको बताए ।

जितगढी किल्लाबाट अंग्रेज फौजलाई पराजीत गर्दै गोरखपुर सम्म लखेटेको इतिहासका कारण पनि बुटवलको राष्ट्र निर्माणमा ठूलो योगदान रहेको शाक्यले बताए । सामाजिक क्षेत्रमा पनि बुटवलले उल्लेख्य एकता कायम गरेको बताउँदै उनले सेनबंशकै पालामा धर्म गुहारका नाममा बेवारिसे शव व्यवस्थापन गर्ने, हैजा कलेरा लागेका बिरामीको उपचार गर्ने, एक अर्का समुदायमा मर्दा पर्दा सहकार्य र सदभाव राख्ने परम्परा रहेकाले बुटवल सदभावको शहरकारुपमा पनि रहेको बताए ।

पूर्वपश्चिम राजमार्ग निर्माणका क्रममा तत्कालिन बडाहाकीम नन्दबहादुरको उर्दी मान्दै हजार बढी युवाहरुले श्रमदान गरेको तत्कालिन अखबारहरुमा लेखिएकाले पनि बुटवल सामाजिक योगदान गर्ने शहर भएको शाक्यको भनाई छ । आधुनिक बुटवलका प्रणेता भने सरस्वती प्रसाद शेरचन भएको शाक्यको दाबी छ । शेरचन नगरपिता भएकै बेला खस्यौलीमा बस्ती बिस्तार गरि पहाडबाट मानीसहरु बोलाएर व्यापारिक केन्द्रको विस्तार भएको शाक्यले बताए । त्यस यताका सबै मेयरहरुको आधुनिक बुटवल निर्माणमा योगदान रहेको उनले बताए ।

कार्यक्रममा पत्रकारहरुले बुटवलको वास्तविक इतिहासका बारेमा शाक्यसँग जिज्ञासा राखेका थिए । मिडीया गफ सामाजिक सञ्जालले प्रत्येक हप्ताको शुक्रबार समसामायिक विषयमा बहस चलाउने योजना अनुसार शुक्रबार पहिलो बहसमा शाक्यको उपस्थिती रहेको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिका सामाजिक शाखा प्रमुख भुवा प्रसाद लुईंटेल, पत्रकार शरण कर्मचार्य, सुदिप भण्डारी, स्वस्तिक श्रेष्ट, डिबी सुस्लीङ लगायतले बुटवलको इतिहासका बारेमा जिज्ञासा राखेका थिए ।

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : ५८ बजे

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।