२० असार २०८३, शनिबार | July 4, 2026

सशस्त्र प्रहरीको ओ एन्ड एम स्वीकृत, दुई प्राविधिक डीआईजीको दरबन्दी थप



काठमाडौं । सरकारले सशस्त्र प्रहरीमा दुई प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १ सय १२ वटा दरबन्दी थप गरेको छ ।

सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घट्ने गरी सरकारले पद समायोजन गरेको हो । पद समायोजनका क्रममा १ सय ७४ वटा विभिन्न दरबन्दी कटौती गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव फणिन्द्र पोखरेल नेतृत्वको पाँच सदस्यीय संगठन तथा सर्वेक्षण व्यवस्थापन समितिको सिफारिसबमोजिम मन्त्रिपरिषद्को बिहीबारको बैठकले पद समायोजन गरेको हो । समितिमा सशस्त्र प्रहरीको तर्फबाट डीआईजी राजु अर्याल सदस्य थिए ।

स्रोतका अनुसार स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङतर्फ एक/एकवटा डीआईजीको दरबन्दी थप भएको हो । थप भएको दरबन्दीमा स्वास्थ्यतर्फ प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रूपक महर्जन बढुृवा हुनेछन् ।

यसैगरी, इन्जिनियरिङ तथा सञ्चारतर्फ थप भएको डीआईजी पदमा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप थापा बढुवा हुनेछन् ।

पद समायोजनका क्रममा स्वास्थ्यतर्फ दुई एसपी र २२ सईको दरबन्दी थप गरिएको छ । यसैगरी, साधारण समूह कानुन उपसमूहअन्तर्गत एउटा एसएसपीको दरबन्दी थप गरिएको छ । कानुन उपसमूहको एसएसपीको स्वाभाविक दाबेदार एसपी युवराज अर्याल रहेका छन् । उनीसँगै सिसं २ का इन्सपेक्टर अहिले कामु एसएसपी भइसकेका छन् ।

यसैगरी, सरकारले साधारण समूह लेखा उपसमूहतर्फ १० डीएसपी र १० इन्सपेक्टरको दरबन्दी थप गरेको छ । लेखातर्फ राजकुमार ढकाल, गणेशबहादुर मल्ल, करबहादुर घर्ती, महेन्द्र हमाल, रमेश थापा, खुसबहादुर श्रेष्ठ, उर्मिला थापा, सुदनराज गिरी, तारा केसी, शोभाकान्त ढकाल, उमाकान्त जोशीलगायत डीएसपी हुनेछन् ।

यसैगरी, साधारण समूह साधारण उपसमूह (इन्फेन्ट्री) तर्फ ४४ डीएसपी र २० एसपीको दरबन्दी थप गरिएको छ । यो दरबन्दी थपले लामो समयदेखि एउटै पदमा बस्नुपर्ने बाध्यताको केही हदसम्म सम्बोधन भएको छ । ४४ डीएसपीको दरबन्दी थप हुँदा सिसं ६ का सबै जना इन्सपेक्टर डीएसपी बन्ने बाटो खुलेको छ । साथै सिसं ७ का केही इन्सपेक्टर पनि डीएसपी बन्नेछन् ।

यसैगरी, इन्फेन्ट्रीतर्फ थपिएको २० एसपीमा सिसं ३ का डीएसपी बढुवा हुनेछन् । सशस्त्रमा अहिले पनि ११ एसपी पद रिक्त नै छ । बढुवामा नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका पनि पर्नेछन् ।

समायोजन गर्ने क्रममा १ सय ७४ दरबन्दी कटौती गर्ने क्रममा लेखातर्फ असईका २७ दरबन्दी कटौती गरिएको छ । यसैगरी, स्वास्थ्यतर्फ ३ असई, सञ्चार तथा इन्जिनियरिङतर्फ ८ हबल्दार, १ सय ३५ जवानको दरबन्दी कटौती गरिएको छ । यस्तै, कानुनतर्फ इन्सपेक्टरको एउटा दरबन्दी कटौतीमा परेको छ । आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : ५२ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै

अष्ट्रेलियालाई पेनाल्टीमा हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ मा इजिप्टले इतिहास रच्दै पहिलोपटक