काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान गर्ने आयोग विघटन गर्ने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा आपत्ति प्रकट गरेको छ । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णय जनविरोधी भएको आरोप लगाएका छन् । प्रवक्ता ज्ञवालीले सो निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार गरेको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन्…