१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बर्दियामा बढ्यो बाघको विगविगी, बाघको आक्रमणबाट एक बेपत्ता



बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । बर्दियाको गेरुवा गाउँपालिका ४ शान्तिपुर ढिकुनियाका ३५ बर्षिया जनक थारुलाई बाघले आक्रमण गरेर बेपत्ता पारेको हो ।

गाईवस्तु चराउन गएका बेलामा जंगल छेउबाट बाघले आक्रमण गरी जंगल भित्र लगेको प्रत्यक्षदर्शी निर्मल थारुले जानकारी दिए ।

घटनाको बारेमा थाहा पाउनसाथ बर्दिया राष्ट्रिय निकुञ्ज ओखरीया पोष्टमा रहेको निकुञ्ज र नेपाली सेनाको टोली घटना स्थल तर्फ पुगेको छ । बृपत्ता थारुको खोजीमा निकुञ्जबाट चारवटा हात्ती सहितको टोली परिचारन गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । रात परेको हुनाले खोजी कार्य गर्न समस्या भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताए । खोजी कार्य जारी भएपनि भएपनि थारुको अवस्था भने पत्ता नलागेको सहायक संरक्षण अधिकृत थापाले बताए ।

केही समय यता बर्दिया जिल्लामा बाघ तथा जंगली हात्तीको विगविगि बढिरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : ११ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर