स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । वालिङबाट गल्याङ नगरपालिका-१० लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८ नंको जिप कच्ची सडकबाट ५० मिटर तल खस्दा जिपमा सवार गल्याङ नगरपालिका-१० का ७७ वर्षीय दलबहादुर पल्ली र सोही ठाउँका ३२ वर्षीया गङ्गा पल्लीको मृत्यु भएको जिल्ला प्रहरी…