काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता विशाल न्यौपानले खड्को शपथ संविधानको व्यवस्था विपरित भएको भन्दै बदरको माग गर्दै रिट दायर गरेका हुन् । यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका खड्का यतिबेला राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा छन् ।…