१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कालीगण्डकी करिडोर ६ घण्टा बन्द हुने



मुस्ताङ । कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

करिडोरअन्तर्गत बेनी-जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएकाले दैनिक ६ घण्टा बन्द गर्ने निर्णय भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताए । जिल्ला सुरक्षा समितिको निर्णयले आगामी फागुन १ देखि १५ गतेसम्म दैनिक बन्द गर्ने निर्णय गरेको हो ।

थासाङ गाउँपालिका-४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा पार्दै छ । त्यसका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक अवरुद्ध हुने उनले बताए ।

फागुन १ देखि १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर काभ्रे र बादरजुङको कडा चट्टान फुटाइने भएको छ । त्यो अवधिमा सडक अवरुद्ध हुने भएको हो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ८ : ०३ बजे

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर