काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनको भ्रमण पुरा गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । स्वेदश फर्किनुअघि प्रधानमन्त्री ओलीले आज बिहान तियानमेनस्वायरमा जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध तथा विश्व विरोधी-फासीवादी युद्धमा विजयको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजित भव्य परेडमा सहभागी भएका छन् । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख/सरकारप्रमुखलाई स्वागत गरेका थिए ।…