१६ पुस २०८२, बुधबार | January 1, 2026

खहरेखोलामा आएको बाढीले घर बगाउँदा दुईको मृत्यु

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-६ रातोढुङ्गामा बुधबार बिहान बाढीले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । मङ्गला गाउँपालिका-५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका-६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका-६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए…