२४ श्रावण २०८३, आइतबार | August 9, 2026

मनकामना मन्दिर २३ गतेदेखि खुल्ने



गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसहितका अन्य धार्मिकस्थलहरू पर्सि २३ गतेदेखि खुल्ने भएका छन् ।

कोभिड जिल्ला कोभिड व्यवस्थापन समितिले आज बसेको बैठकले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले आउँदो बुधबारदेखि मन्दिर खुल्ला गर्ने निर्णय गरेको हो ।

शहीद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति र सरोकारवालाहरूको छलफलले मन्दिरमा २३ गतेदेखि पूजाआजालगायत धार्मिक कार्य सञ्चालन गर्ने दिने निर्णय भएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मन्दिर खुल्ला भए पनि मनकामना मन्दिरमा आउने भक्तजनहरूले सिधै मन्दिरभित्र प्रवेश भने नपाउने भएका छन् ।

मन्दिरमा दर्शन र पूजापाठका लागि पुग्ने भक्तजन तथा दर्शनार्थीले ढोकाबाहिरबाटै दर्शन गर्ने एवम् पूजा सामग्रीहरू मन्दिरको सहयोगीमार्फत पुजारीसम्म पु(याएर पूजा गर्ने व्यवस्था मिलाइने मन्दिर व्यवस्था समितिले जनाएको छ ।

श्रद्वालुहरूका लागि मन्दिर परिसरमा साबुनपानीको व्यवस्था गर्ने, मन्दिरका पुजारी तथा कर्मचारीले सुरक्षाका सबै मापदण्ड अपनाउनेदेखि सुरक्षकर्मीहरूले श्रद्वालु भक्तजनालाई सामाजिक दूरी कायम हुने गरी लाइनमा राख्नेसम्मको व्यवस्था गर्नुपर्ने निर्णय प्रशासनले गरेको छ ।

त्यसैगरी दर्शनार्थीका सुरक्षालाई ध्यान दिँदै रुघाखोकी लागेका कुनै पनि दर्शनार्थीलाई मन्दिर प्रवेशमा रोक लगाउने भएको छ । बैठकले मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबुलकार, मनकामना क्षेत्रमा सञ्चालित यातायात सार्वजनिक यातायात सेवा सञ्चालक र होटल रेष्टुरेन्ट तथा पसल सञ्चालकहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालन गर्न लगाउने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ६ : ३८ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको