जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ । भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन् । नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ । तर, स्वयंवरको दृश्य भने सबैले हेर्न पाउँदैनन् । भारतबाट आउने जन्तीले मण्डप क्षेत्रमा बाससमेत पाउँदैनन् । यसको कारण हो, गुठीको जग्गा भूमाफियाको कब्जामा पर्दै जानु । जानकी मन्दिरका पूर्वमहन्थ…