खोटाङ । उदयपुरको राँकुली खोलामा पुल नहुँदा खोटाङका स्थानीय शुल्क तिरेर मोटरसाइकल तार्न बाध्य छन् । उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुली खोलामा पुल नहुँदा खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका लगायतका नागरिक शुल्क तिरेर मोटरसाइकल तार्न बाध्य बनेका हुन् । राँकुली खोलामा हिउँदयाममा पानी सुके पनि वर्षायाममा…