१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

प्रेस चौतारीद्वारा रुपन्देहीमा क्रियाशील पत्रकारलाई पुरस्कारको घोषणा



बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्ना सदस्य र निरन्तर पत्रकारितामा क्रियाशिल विभिन्न पत्रकारहरुको पुरस्कार दिने घोषणा गरेको छ ।

प्रेस चौतारी रुपन्देहीको सातौ अधिवेशनका अवसरमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । प्रेस चौतारीले प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीलाई अग्रज पत्रकारको रुपमा सम्मान गर्ने घोषणा गरेको छ । त्यस्तै सल्लाहकार डीआर घिमिरेलाई प्रेस चौतारी पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।

त्यसैगरी निरन्तर पत्रकारितामा क्रियाशिल पत्रकारहरु बुटवलका दिनेश कुमार श्रेष्ठ, भैरहवाका शशि पन्थी, सैनामैना रुपन्देहीका टिका खरेल र विष्णु खत्रीलाई जनही १० हजारका दरले युवा पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने प्रेस चौतारी रुपन्देहीले जनाएको छ ।

त्यस्तै चौतारीले दुर्गा खनाल स्मृति पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकारलाई पुरस्कार दिने घोषणा गरेको छ । पत्रकारहरु बुटवलका कृष्ण मल्ल, भैरहवाका अरुण ज्ञवाली र लुम्बिनीका विरेन्द्र मिश्रलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

त्यस्तै प्रेस चौतारीले संगठनका तदर्थ समितिका संयोजक बद्रिनाथ पाण्डे, पुर्व अध्यक्षहरु मोहन चापागाईं, शेरबहादुर केसी, भरत केसी, दिनेश पाण्डे र प्रदिप आचार्यलाई सम्मान गर्ने भएको छ ।

दिनेश पाण्डेको संयोजकत्वमा गठित मूल्यांकन समितिले पुरस्कार दिनेहरुको नाम छनोट गरेको हो । अहिले प्रेस चौतारी रुपन्देहीको अधिवेशन अन्तर्गत बन्दसत्र चलिरहेको छ । उदघाटन सत्रमा बोल्ने वक्ताहरुले व्यावसायिक पत्रकारिताको विकासमा प्रेस चौतारीले सबैभन्दा अग्रणी भूमिका खेलेको बताएका छन् ।

कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पत्रकारहरुको काँधमा चुनौती थपिएको भन्दै यो अवस्थामा प्रेस चौतारीको भूमिका बढेको बताए । पत्रकार महासंघमा गुमेको साख फर्काउने गरी प्रेस चौतारीले आफूलाई अगाडि बढाउनुपर्ने उनको सुझाव छ ।

प्रेस चौतारीका केन्द्रीय सचिव भरत केसीले संगठनलाई बलियो र सशक्त बनाउनु नै आजको मुख्य चुनौती भएको भन्दै यस दिशातर्फ अगाडि बढ्ने गरी जिल्ला, प्रदेश र केन्द्रीय समिति अगाडि बढ्ने बताए ।

कार्यक्रममा प्रेस चौतारी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाखर पन्थी, जिल्ला सल्लाहकारहरु शेरबहादुर केसी, दिनेश पाण्डे, इन्दिरा अर्याल, जिल्ला अध्यक्ष अमृत गिरी, सचिव सम्झान शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कोभिड महामारीका कारण प्रेस चौतारीले जिल्ला अधिवेशन सीमित संख्यामा भौतिक उपस्थितिको साथमा भर्चुअल माध्यमबाट आयोजना गरेको थियो । अधिवेशन नयाँ नेतृत्व चयन गरी आजै सकिने छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ३ : ५२ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी