८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम



जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ ।

प्रदेश २ प्रदेशसभामा सोमबार भएको मतदानमा जनकपुरधाम राजधानी राख्न दुई तिहाई सांसदहरुले मतदान गरेपछि स्थायी राजधानीको टुंगो लागेको हो ।

जनकुपुरलाई प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा भएको मतदानमा प्रदेशसभामा उपस्थित ९९ सांसदमध्ये ७८ जनाले पक्षमा मतदान गरेका छन् ।

त्यसपछि, सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसदले मतदान गरेको र पक्षमा दुई तिहाइ भन्दा बढी मत रहेको बताउँदै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका छन् ।

प्रस्ताव अनुसार प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्वपश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ४ : ११ बजे

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले