बुटवल । बिहीबार साँझबाट परेको अबिरल वर्षाका कारण रूपन्देहीका धेरै स्थानहरू डुवानमा परेकाछन् भने पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । लगातार परेको वर्षा र पहिरोका कारण पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, गोरूसिङ्घे सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ । पूर्व-पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डको बर्दघाट बुटवल क्षेत्रमा रहेको ३ वटा डाईभर्सन बाढीले बगाएको छ । त्यस्तै…