तनहुँ । प्रसिद्ध धार्मिकस्थल तनहुँको व्यास नगरपालिका-१४ स्थित छाब्दीवाराही धार्मिक वनका रूपमा हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले छाब्दीवाराहीलाई धार्मिक वनका रूपमा समुदायलाई हस्तान्तरण गरेको हो । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले छाब्दीवाराही धार्मिक वनका अध्यक्ष एवं छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापालाई धार्मिक वनको स्वामित्व हस्तान्तरण गरेका छन् । धार्मिक वनले ५…