काठमाडौं । सरकारले यातायात क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नेगरी अहिले राति राति छलफल जारी राखेको छ । आज बिहान ८ बजेदेखि सरकारी प्रतिनिधि र यातायात व्यवसायीका प्रतिनिधिबीच छलफल भएकामा अहिले निष्कर्षमा पुर्याउनेगरी सरकारी प्रतिनिधिको प्रयास जारी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी बैठकलाई निष्कर्षमा पुर्याउने गरी छलफल चलिरहेको सरकारकातर्फबाट छलफलमा सहभागी गृहमन्त्रालयका सूचना…