२९ चैत्र २०८२, आइतबार | April 12, 2026

केपी ओलीको निरंकुश तानाशाही र व्यक्तिवादी प्रवृति विरुद्ध विद्रोह : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले ओलीको नाम नलिईकन कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य हुनु परेको बताए…