काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । निर्वाचन आयोगले पार्टीको बहुमत पक्षको निर्णयलाई मान्यता नदिएपछि जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षीय केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठक अहिले बिहान ११ ३० बजे बस्नेछ । अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी…