३० चैत्र २०८२, सोमबार | April 13, 2026

भूमि आयोग खारेजी विरुद्ध देवी ज्ञवालीद्वारा सर्वोच्च रिट दायर

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवालीले रिट दायर गरेका छन् । आइतबार सर्वोच्च अदालतमा विघटित आयोगका अध्यक्ष ज्ञवालीले रिट दर्ता गराएका हुन् । रिटको प्रारम्भिक सुनुवाइ सोमबार हुनेभएको छ । रिटमा आयोग खारेजी मौलिक हकविरुद्ध रहेको भन्दै उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरिएको छ…