काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई उनी आवद्ध पार्टी नेपाली कांग्रेसले सार्वजानिक आत्मालोचना गर्न निर्देशन दिएको छ । बागमती प्रदेशसभाका वैद्यले व्यक्त गरेको भनाईको चौतर्फी विरोध भएपछि आत्मालोचना गर्न कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्देशन दिएका हुन् । बैद्यको अभिव्यक्तिको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । उनले सार्वजनिक रुपमा यो अभिव्यक्ति फिर्ता लिन…