३० श्रावण २०८३, शनिबार | August 15, 2026

एमालेको नेपाल-खनाल पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै, सहभागी नहुन संस्थापनको चेतावनी



काठमाडौं । नेकपा एमाले नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

बुधबार नै बस्ने भनिएको बैठक उपत्यका बाहिर रहेका कतिपय केन्द्रीय सदस्यहरु उपस्थित हुन नस्कने भएपछि आजलाई सारिएको हो ।

नेपाल-खनाल पक्षका केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीका अनुसार बैठक बिहान ११ बजे बुद्धनगरको एक पार्टी प्यालेसमा बस्नेछ । बैठक पार्टी एकता र सरकारमा सहभागी हुने नहुने भन्नेबारे निर्णय हुन सक्ने उनले जानकारी दिए ।

संसद् जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल-खनाल पक्षलाई सरकारमा सहभागी हुन सत्तारुढ गठबन्धनले दबाब दिँदै आएको छ । नेपाल-खनाल पक्षलाई पर्खदा मन्त्रिपरिषद् विस्तार समेत भएको छैन ।

तर, पार्टी एक बनाउन लागी परेका विघटित कार्यदलका नेपाल पक्षका नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेता माधव कुमार नेपाललाई दबाब दिँदै आएका छन् ।

संस्थापन पक्षले भने यसको विरोध गरेको छ । पार्टी विभाजन गर्न खोजेको भन्दै बैठकमा नजान केन्द्रीय सदस्यलाई अपील गरेको छ ।
‘एमाले केन्द्रीय कार्यालयले सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गरी आज बैठक नभएको जनाएका छन् । नेपाल कम्यनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक डाकिएको सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साउन २१ गते एमाले केन्द्रीय कमिटीको बैठक नराखिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गरेर त्यसमा सहभागी हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत भएकाले त्यो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरुमा अपिल गर्दछु ।’

नेपाल पक्षले भने पार्टी एकताका लागि नै बैठक डाँकिएको जनाएको छ । कसरी अगाडि बढ्ने र एमालेलाई कसरी मजदुत बनाएर लग्ने भन्ने विषयमा बैठकमा छलफल हुने नेपाल पक्षको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ८ : १० बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर