५ भदौ २०८३, शुक्रबार | August 21, 2026

लुम्बिनीमा अस्पताल बनाउने बौद्ध विश्वविद्यालयको योजना

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँग सहकार्य गरेर खडैयामा अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति भएको हो । शिक्षक आवास र छात्रावास भएको स्थान खडैयामा अस्पताल बनाउने योजना रहेको विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले बताए । ‘अस्पताल निर्माणले लुम्बिनी क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुग्नेछ,’ उनले भने…