३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

प्रधानन्यायाधीसलाई बिदामा बसेर कार्यबहाक तोक्न सत्ता गठबन्धनको सुझाव



काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर जबरालाई आफु विदा बस्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीस जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीस तोक्न सुझाव दिएका हुन् ।

प्रधानन्यायाधीस जबरा कोरोना संक्रमणको बिरामी भएर अस्पतालमा भर्ना भएका छन् । तरपनि उनले कार्यबहाक प्रधानन्यायाधीस तोकेका छैनन् । जसका कारण हिजोदेखि सर्वोच्चकै इतिहासमा गोलाप्रथाद्वारा पेशी तोक्न सुरु भएपनि कार्यबहाक प्रधानन्यायाधीस नभएको देखाउँदै कानूनव्यवसायीहरु प्रश्न उठाएपछि इजलास प्रभावित भएको थियो ।

गठबन्धनका शीर्ष नेताहरुले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीस स्वयं बिरामी परेका कारण तत्कालै कार्यबहाक तोक्न सुझाव दिएका हुन् । बैठकले कार्यबहाक प्रधानन्यायाधीस तोकेर सर्वोच्चका कामकारवाही अघि बढाउन सुझाव दिने निर्णय गरेको बैठकपछि कानूनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

लामो समयपछि बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सहभागी थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : ०४ बजे

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका

मोरङमा गाँजा तस्करी नियन्त्रण गर्न प्रहरीले चलायो गोली, एक घाइते

विराटनगर । मोरङको रतुवामाईमा गाँजा तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

काठमाडौं । जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो