काठमाडौं । सात मन्त्रीको नियुक्ति खारेजीबारे सर्वोच्च अदालतको आदेशलाई नेकपा एमालेले सम्मान गर्नेभएको छ । एमाले स्थायी कमिटी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले अदालतको आदेशको सम्मान गर्ने बताएका हुन् । प्रवक्ता ज्ञवालीले अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य रहने बताए । उनले यसबारे थप कुरा आदेशको पूर्णपाठ हेरेपछि भन्न सकिने बताए ।…