हेटौंडा । वाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ । प्रदेशसभाको बैठकमा प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले बजेट देश र जनताको हितमा नभएकोले मुख्यमन्त्री डोरमणि पौडेलसँग बसेर वार्ताबाट निकास नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान राखेपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका…