१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई ३०० हतियार हस्तान्तरण



काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई तीन सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरू हस्तान्तरण गरेको छ ।

सोमबार जंगी सेनाको अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ती हतियार हस्तान्तरण गरेका हुन ।

नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु सञ्‍चालन गर्ने प्रयोजनका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ जेष्ठ १७ गतेको निर्णयबमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरी जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने भएको नेपाली सेनाले जनाएको छ ।

उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजनाअनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने पनि सेनाले जनाएको छ । उपलव्ध गराईएका हतियारहरुको मेन्टिनेन्‍स तथा अपरेसन तालिमसमेत सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गरिनेछ । यसबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ ।

हतियार हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी श्री प्रभुराम शर्मा, रथीवृन्द तथा प्रहरी अतिरिक्त महानिरीक्षकहरुको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : ०७ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।