१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

बाग्मती प्रदेशसभा बैठक आज पनि अवरुद्ध



हेटौंडा । वाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ ।

प्रदेशसभाको बैठकमा प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले बजेट देश र जनताको हितमा नभएकोले मुख्यमन्त्री डोरमणि पौडेलसँग बसेर वार्ताबाट निकास नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान राखेपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् ।

सभामुख श्रेष्ठले अर्को सूचना जारी भएपछि मात्रै बैठक सञ्चालन गर्ने बताएका छन् । आजको बैठक दिउँसोको १ बजे शुरु गर्ने भनिएपनि १ बजेर ४० मिनेटमा शुरु गरिएलगत्तै करीब ३ मिनेट बसेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुख श्रेष्ठको सक्रियतामा हिजो सर्वदलीय बैठकको आयोजना गरी प्रमुख प्रतिपक्षी र प्रतिपक्षीसँग सरकारले सहमति कायम गरी आजैबाट बजेट विनियोजन शीर्षकमा छलफल चलाउने सहमति भएको थिया । तरण्, बैठक निश्चित समयभन्दा ४० मिनेटपछि सञ्चालन भएपनि छलफललाई पूर्णता प्रदान गर्न नसकिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रतिपक्षी दलका तर्फबाट सरकारले ल्याएको बजेटमा भीमफेदी–कुलेखानी सुरुङमार्ग, विद्युतीय बस खरीद गरी सञ्चालन गर्ने र सरकार आफैँले आफ्नो स्वामित्वमा रहने गरी सरकारी रेडियो, टेलिभिजन र छापा सञ्चालन गर्ने भनी ल्याइएको कार्यक्रमलाई पुनः आत्मसमीक्षा गरी छलफल गर्नुपर्ने तथा आवश्यकता अनुसार बजेट फेरबदल गर्न माग गरिएको नेकपा माओवादी केन्द्रका नेता जम्मकट्टेलले बताए ।

बजेटमा प्रतिपक्षी दलहरुको भावनालाई आघात पुग्ने गरी एकलौटी ढङ्गबाट आफ्नै गुटको लागि मात्रै बजेट कार्यक्रम विनियोजित गरिएको र पूर्वाधार निर्माणबिनै सरकारले विद्युतीय बस सञ्चालन गर्ने र आफ्नो दलगत स्वार्थको लागि सञ्चारगृह सञ्चालन गर्ने कार्यले प्रजातान्त्रित संस्कार र संवैधानिक प्रक्रियामाथि पनि चुनौती थपिने हुँदा पुनः समीक्षासाथ विनियोजन गर्न कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले माग गरे ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : ४३ बजे

कालिगण्डकीमा खसेर रुपन्देहीका एक बालक बेपत्ता

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

छोरी हत्या अभियोगमा आमा पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

बदली र वर्षाले आगामी केही दिन शीतल महसुस हुने

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए बजेटबारे जानकारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न निजी क्षेत्रको आग्रह

काठमाडौं । निजी क्षेत्रका छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ र