एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा युक्रेनले पहिलो जित निकालेको छ । रोमानियाको नेशनल एरिनामा बिहीबार भएकाे खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २-१ ले पराजित गरेकाे हाे । पहिलोपटक युरोकप खेलिरहेको नर्थ म्यासेडोनियाविरुद्ध युक्रेनका यार्माेलेन्को र रोमन यारेमचुकले गोल गरे । यता, नर्थ म्यासेडोनियाका इज्ग्जान एलिओस्कीले एक गोल फर्काए…