७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

२० वर्षपछि सुकेको मुहानबाट पानी निस्कँदा स्थानीय खुसी



सिमकोट । सात गाउँपालिका रहेको हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको ३ रोकाया गाउँमा मुहान सुकेको २० वर्षपछि खानेपानी निस्किदा स्थानीय खुसी भएका छन् ।

खाने पानी सुकेको लामो समय भएको भएता पनि हुम्लामा धेरै वर्षा भएका कारण २० वर्षदेखि सुकेको मुहानमा पानी निस्किएको स्थानीय धन्दे पार्कीले बताए ।

विगतका केही वर्षदेखि अदानचुली गाउँपालिकामा खानेपानीको हाहाकार हुने गरेको र अहिले मुहान सुकेको २० वर्षपछि छरिटापाटा धलपुरको मुहानमा पानी निस्केको र पानीले ठूलो राहत गरेको वडा नम्बर ३ का अध्यक्ष दत्त विष्टले बताए ।

अदानचुली गाउँपालिकाको केन्द्रमा रहेको रोकाया गाउँभन्दा १० मिनेटको दूरीमा रहेको मुहानमा पानी निस्किएपछि स्थानीयले अस्थायी पाइप जडान गरेर धारा निर्माण गरेको प्रमद बोगटीले बताए ।

मुहानको पानीबाट तीन सय घरधुरी लाभान्वित भएका छन् । पानी आउन थालेपछि अब स्थानीयलाई खानेपानी, कपडा धुन र पशुवस्तुलाई पिलाउन सहज भएको हो ।

मुहानबाट आएको पानी स्थानीयले निर्माण गरेको अस्थायी पाइपको धारामा खसेपछि अदानचुली रोकाया गाउँवासीले खुसीयाली मनाएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : १३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल