काठमाडौं । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशभर मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ,’ महाशाखाले जनाएको छ, ‘देशभर पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका…