काठमाडौं । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशभर मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ,’ महाशाखाले जनाएको छ, ‘देशभर पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा भएको जनाइएको छ ।
आइतबार दिउँसो देशभर पहाडी भू-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने र १ नम्बर प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ ।
प्रतिक्रिया