११ पुस २०८२, शुक्रबार | December 26, 2025

जागरण अभियान राष्ट्रिय एकताको अभियान बन्न पुग्यो : अध्यक्ष प्रचण्ड

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताएका छन् । अभियानका क्रममा पोखरा आइपुगेका अवसरमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आज साँझ पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बैतडीदेखी सुरु भएर पोखरासम्म आइपुग्दा राष्ट्रिय एकताको अभियान बनेको बताए…