६ असार २०८२, शुक्रबार | June 20, 2025

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँ : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई हामी सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताएका छन् ।

देशभित्रका विभिन्न गुम्बाहरूबाट सहभागितामा ४७औँ लामा देशदर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा आनी सहभागी कार्यक्रमलाई शुक्रबार शीतल निवासमा सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

“मूर्त र अर्मूत बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्नसके मुलुकको हितार्थ उपयोगी मार्ग प्रशस्त हुँदै जानेछ”, राष्ट्रपतिले भने । त्यसको लागि बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आगामी दिनमा अझै प्रभावकारी भूमिका निर्वाह गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । यस किसिमको भ्रमणले बौद्ध धर्म, दर्शनको संरक्षण विकास र प्रवद्र्धनमा टेवा पु¥याउँदै धार्मिक पर्यटन अभिवृद्धि गर्न सकारात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

“बौद्ध तीर्थस्थलको भ्रमण कार्यक्रमले मुलुकमा दिगो शान्ति र विकासका लागि टेवा मिल्नेछ भन्ने कुरामा विश्वस्त छु”, राष्ट्रपति पौडेलले भने । उनले यस यात्राबाट फर्किएका लामा तथा आनीले देशका विभिन्न बौद्ध गन्तव्यमा पुगेर केवल तीर्थयात्रा मात्र नगरेको उल्लेख गर्दै नेपाली समाजको धार्मिक ऐक्यबद्धता र आत्मिक समृद्धिको सन्देश पनि बोकेर आएको विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपाली समाजमा बौद्ध शिक्षा, साधना र सांस्कृतिक जागरणका क्षेत्रमा गुम्बा विकास समितिले पु¥याउँदै आएको योगदान सराहनीय रहेको बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ५ : १४ बजे

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२

जसपाको संघीय परिषद् बैठक आजबाट

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर । गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका-२

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बागलुङ । बागलुङ नगरपालिका-१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध