काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जना सांसदले संसदीय दलका नेता केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । नेता नेपालसहित झलनाथ खनाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र भवानी खापुङले संसदीय दलको कार्यालय सिंहदरबारमा स्पष्टीकरण बुझाएका हुन् । इमेलबाट प्राप्त स्पष्टीकरणको जवाफ लेख्दै उनीहरुले आफुहरुमाथि लगाइएको आरोप निराधार भएको जिकिर गरेका छन् ।…