७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

संसद विघटन विरुद्धको मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै



काठमाडौं । सर्वोच्च अदालतले हुक्रकार हेर्दाहेर्दैमा राखेको प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। शुक्रबार देखि सुरु भएको सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो।

इजलासले एउटा प्रत्यक रिटमा बहस गर्ने कानुन व्ष्वसायीलाई १० मिनेटसम्म बहस गर्न सकिने गरी समय तोकेपनि मुद्दाहरुको संख्या धेरै भएको कारण शुक्रबार बहस नसकिएको हो । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्।

शुक्रबार भएको सुनुवाइमा वकिलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको इजलासबारे प्रश्न उठाएका थिए ।

प्रतिनिधिसभाका १४६ सांसदको रिटको तर्फबाट बहस शुरु शुरु गर्दै अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठको निष्पक्ष भूमिकामाथि प्रश्न उठाएपछि केहीबेर अदालतमा प्रधानन्यायाधिस र अधिवक्ता बन्दीबीच सवाल जवाफ चलेको थियो । बहसकैबीचमा महान्यायाधिवक्ता रमेश बडाल बन्दीका बीच चर्काचर्की नै परेको थियो । बन्दीले संवैधानिक इजलास गठनमाथि प्रश्न उठाएपछि आइतबारसम्मका लागि सुनुवाइ स्थगित गरिएको थियो। बन्दीले नेकपा विभाजन गराउने सर्वोच्चको फैसलामा संलग्न न्यायाधिस श्रेष्ठको उपस्थितीमाथि प्रश्न गरेका थिए ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ९ : ०८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल