१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

अफगानिस्तानका १६ प्रान्तका विद्यालयहरु बन्द



काबुल(सिन्ह्वा) । अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालयहरु कोभिड-१९ को प्रभावका कारण बन्द गरिएको छ ।

यहाँको सरकारले शनिबार सो घोषणा गरेको हो । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको हो । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार यहाँका ३४ ओटा प्रान्तमध्ये १६ ओटा प्रान्तका सम्पूर्ण विद्यालयहरु शनिबारदेखि बन्द गराएको छ ।

अफगानिस्तानको सरकारले शनिबार यस विषयमा जानकारी गराएको हो । यहाँका १६ ओटा प्रान्तका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको छ ।

यहाँका ती प्रान्तहरुमा पछिल्लो समयमा कोभिड-१९ को असर झन् बढ्दै जान थालेपछि सो निर्णय गरिएको हो । अफगानिस्तानमा पछिल्लो समयमा कोभिडको प्रभाव झन् बढ्दै गएको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार अफगानिस्तानमा कोभिडका संक्रमितको संख्या शुक्रबार सम्म ७० हजार भन्दा बढी पुगेको छ । शुक्रबार मात्र यहाँ ९७७ जना नयाँ संक्रमित भेटिएका थिए ।

यो संख्या अफगानिस्तनमा गत वर्षको फेब्रुअरीदेखि शुरु भएको संक्रमणको सबैभन्दा बढी हो ।यहाँ एकै दिन यतिधेरै संख्याका संक्रमित भेटिएपछि सरकारले शनिबारदेखि देशको आधाभन्दा बढी क्षेत्रका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गराएको हो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ८ : ०७ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा