बुटवल । क्याम्पसलाई मानित विश्वविदालय बनाउन नहुने र सेमेस्टर प्रणाली संचालन खारेजीको माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पसमा नेवि संघ र अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले तोडफोड गरेका छन् । विभिन्न माग राखेर आन्दोलन गर्दै आएका विभिन्न विद्यार्थी संगठनहरुले लुम्बिनी क्याम्पसमा आज बिहान तोडफोड गरेका हुन् । तोडफोडबाट क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेवल लगायतका फर्निचरहरुमा…