७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

रुबी खानलाई बिहीबार ११ बजेभित्र उपस्थित गराउन सर्वोच्च अदालतको आदेश



काठमाडौं । बाँकेबाट न्याय माग्दै पैदल हिँडेर काठमाडौंको माइतीघर मण्डला आएकी महिला अधिकारकर्मी रुबी खानलाई बिहीबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

माइतीघर मण्डलामा धर्नामा बसेकी खानलाई प्रहरीले गत शुक्रबार पक्राउ गरी नेपालगन्ज लगेको थियो । महानगरीय प्रहरी वृत्त लैनचौरले खानलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई बुझाएको थियो । न्यायका लागि भन्दै काठमाडौंसम्म आएकी खानलाई नेपालगन्ज पुर्याएपछि बाँके प्रहरीले बहुविवाहसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

उनको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य एवं अधिवक्ता मोहना अन्सारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन । सो निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीस आनन्दमोहन भट्राईले बिहीबार रुबी खानलाई अदालतमा उपस्थित गराउन आदेश दिएका हुन् ।

इजलासले मुद्दामाथि सुनुवाइ नभएसम्म खानलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतबाट अन्त नसार्न समेत आदेश दिएको छ । खानले अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमै अनसनमा बसेकी छिन् ।

 

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ४ : ४० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल