८ बैशाख २०८१, शनिबार | April 20, 2024

बाघले बेपत्ता बनाएका थारुको शव फेला



बर्दिया । बाघको आक्रमणका कारण बेपत्ता भएका गेरुवा गाउँपालिका – ४ शान्तिपुर ढिकुनियाका ३५ बर्षिया जनक थारुको शव फेला परेको छ । थारुको शव २ सय मिटर टाढा जंगल भित्र फेला परेको हो ।

थारु भैसी चराउन गएको बेला पाटेबाघले आक्रमण गरी तानेर लगेको थियो । बाघले आक्रमण गरेको जानकारी पाउन साथ बर्दिया राष्ट्रिय निकुञ्जले खोजी कार्य सुरु गरेको थियो । चार ओटा हात्ती सहित खोजी कार्यमा खटिएको निकुञ्जको टोलीले सवा ११ बजे शव फेला पारेको थियो ।

हाल मृतक थारुको शव पोष्ट मार्टमको लागि राजापुर अस्पताल लगिएको छ । पोष्टमार्टम पश्चात् आवश्यक प्रक्रिया पुृर्याई शव आफन्तलाई बुझाईने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताए ।

पछिल्लो समयमा बर्दियामा बाघको आक्रमण बढ्दै गएको छ । गत आर्थिक वर्षमा १२ जना र चालु आर्थिक वर्षको हालसम्म २ जनाले बाघको आक्रमणमा परी ज्यान गुमाएका छन् । गरी ज्यान लिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  २ : ४२ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस