काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौंको सिनामंगलस्थित सूर्या ल्यावको पीसीआर रिपोर्ट बोकेका १२२ जना यात्रुलाई फर्काइएको छ । मंगलबार मात्रै सूर्या हेल्थ केयरले नक्कली पीसीआर रिपोर्ट बनाएको भन्दै प्रहरीले छापा हानको थियो । सोही ल्याबको रिपोर्ट बोकेर विभिन्न देश जान हिँडेका यात्रुहरुलाई विमानस्थलको अध्यागमनले फर्काइदिएको हो । यसरी फर्काइका यात्रुहरुमा एयर अरेवियाका ५४ जना, सलाम…