१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो



बागलुङ । जिल्लामा अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेसनमा छन । धेरै लक्षणविहिन भएपनि केही सङ्क्रमित लक्षणसहितका छन । कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्र्पकमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेका अनुसार बागलुङमा शुक्रबार मात्रै तीन सङ्क्रमितको मृत्यु भएको छ । उनीहरु अन्तिममा मात्रै अस्पतालमा आएका कारण मृत्यु भएको हो । बागलुङमा अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ भने सक्रिय सङ्क्रमित ९६५ पुगेका छन् ।

कोरोनाको गम्भिर लक्षण देखिदा समेत सङ्क्रमित घरमै बस्नु, अक्सिजनको लेबलका विषयमा जानकार नहुनु र जटल स्वास्थ्य समस्या मात्रै लिएर अस्पताल आउनेहरुको बढी मृत्यु भएको देव घिमिरेले बताए । “अक्सिजन लेवलको विषयमा जानकारी नराख्ने, लक्षण देखिदा समेत घरमै बस्ने, एक्कासी बेहोस भई ढल्दा अथवा श्वासप्रस्वासमा समस्या आएपछि मात्रै अस्पताल आउँदा समस्या भएको छ”, घिमिरेले भने “अक्सिजन लेबल घट्नासाथ अस्पताल आउनेको उपचारपछि निको भएपनि अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्यु हुने संभावना बढी देखियो ।”

प्रत्येक सङ्क्रमितमा भाइरसको प्रकृति अलि फरक पाइएको उपचारमा सम्लग्न धौलागिरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । “केही बिरामीमा निकै कडा लक्षण देखिन्छ जसकाकारण उसको निमोनिया समेत घटाउन कठिन हुन्छ”, पोखरेलले भने, “केहीले अझै कोरोना लुकाउनुभएको छ त्यसकारण भित्रभित्र उहाँको अवस्था गम्भिर बन्दै गएपछि अस्पताल आउनुभएको छ, केही शुरुमै अस्पताल आएपनि रोग प्रतिरोधात्मक क्षमता कम भएको र अन्य रोग समेत भएका कारण मृत्यु भएको पाइएको छ ।”

पोखरेलका अनुसार सङ्क्रमित हुँदा गाउँकै स्वास्थ्यकर्मीको सम्र्पकमा रहने, शारीरिक व्यायाम गर्ने तथा श्वास्प्रस्वासको विषयमा जानकारी लिने, स्वस्थ्यकर्मीकै सल्लाहमा अस्पताल आउँदा सहज हुँनेछ। घरमै सामान्य ज्वरो, रक्तचाप तथा अक्सिजन परीक्षण नगर्नु तथा एक्कासी समस्या भएपछि मात्रै स्वास्थ्यकर्मीसँगको पहुँचमा पुग्दा समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

शुक्रबार दुईको धौलागिरी अस्पताल र एकको ढोरपाटन कोरोना अस्पातलमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालले जनाएको छ ।  यस्तै जिल्लाको ढोरपाटन नगरपालिकाको कोरोना अस्पतालमा ढोरपाटन नगरपालिका-५ निवासी ६५ वर्षको पुरुषको मृत्यु भएको हो । बिहीबार बडिगाडमा कोरोना शंकास्पद पुरुषको समेत अस्पताल आउनासाथ मृत्यु भएको थियो । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १० : ५५ बजे

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : एमेच्योर सदभाव बने च्याम्पियन, प्रो भुवन सात स्ट्रोकले पराजित

काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली