८ चैत्र २०८२, आइतबार | March 22, 2026

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ । आफ्नो उम्मेदवार नउतारेको राप्रपाले आज कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेससँग वैचारिक र सिद्धान्तगत भिन्नता भए पनि आर्थिक विकास, सामाजिक स्थायित्व र समृद्धिका साझा एजेन्डामा सहमति जुटेकाले पौडेललाई मत दिने निर्णय गरिएको बताइएको छ ।…