६ माघ २०८२, मंगलबार | January 20, 2026

बेचविखनमा रोक लागेपछि दुई करोडको काठ कुहिँदै

मोरङ । मोरङको एक सामुदायिक वनमा उपभोक्तालाई काठ बिक्री गर्न नपाउँदा दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा पुगेको छ । घाटगड्डीमा रहेको काठ लामो समयदेखि खुल्ला एवं एकैठाउँमा रहने भएकाले काठमा धमिरा लाग्ने, पानीले भिज्दा काठमा चिराचिरा पर्ने, कुहिने, माटोले खाने र धोन्द्रो हुने जस्ता विद्यमान समस्या देखिएको छ । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित…