बलेवा । बागलुङ नगरपालिका-१३ पैयुँपाटाको जलजला भन्ने ठाउँमा मृतावस्थामा चितुवा भेटिएको छ । वयस्क भाले चितुवा आज जलजलाको खरबारीमा मृत भेटिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले बताए । 'बिहान स्थानीयवासीले खबर गर्नुभयो, खरबारीमा मृत चितुवा उहाँहरूले देख्नुभएको रहेछ', अधिकारीले भने, 'वन कार्यालयको टोलीले मृत चितुवा उठाएर ल्यायो ।' के कारणले चितुवा मर्यो भन्न…